काठमाडौँको भद्रकालीस्थित सैनिक मुख्यालय आसपास ब्यापक मात्रामा विस्फोटक पदार्थको आवाज सुनिएको छ।
बिहीबार बेलुका करिव सवा १० बजेतिर दर्जनौँ पटक विस्फोटक पदार्थको आवजसँगै झिल्का देखिएको छ।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले ठूलो आवजमा विस्फोट हुने पटका भएको प्रारम्भिक सूचना आएको र अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिसकेको बताए।
‘पटका पड्काएको भन्ने सूचना आएको छ। झिल्काहरु पनि देखिएको भनेका छन्। अहिले प्रहरीले खोजि गरिरहेको छ’, एसपी भट्टराईले बताए।
सैनिक मुख्यालयले पनि यस विषयमा बुझिरहेको जनाएको छ।
171
Shares

प्रतिक्रिया