आज (बिहीबार) पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान भने काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘कतै कतै सिमसिम पानी पनि परिरहेको छ’, उनले बिहान साढे ७ बजेतिर नेपालखबरसँग भने, ‘तर यो क्रम बिस्तारै घट्दै जाने देखिएको छ। घाम पनि देखिन सक्छ। तर दिउँसो फेरि बादल बढ्दै गएर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
888
Shares

प्रतिक्रिया