प्रहरीले स्रोत नखुलेको ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार अपरान्ह बाराको पचरौता नगरपालिका–७ घर भइ काठमाडौँ कालीमाटी बस्ने वर्ष २३ को मनमोहन साह कलवारलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
जम्बुडाडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथमा सो नगद फेला परेको परिसरले जनाएको छ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।
30
Shares

प्रतिक्रिया