समाज


सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, कहाँ को?

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, कहाँ को?

प्रज्ञा तिम्सिना
असार १९, २०८३ शुक्रबार १८:३८, काठमाडौँ

देशका सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। 

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्। शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन्। 

त्यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किशनदत्त भट्ट, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. राजन सुवाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल नियुक्त भएका छन्। 

यसैगरी, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. सुजनबाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्। 

अब लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न बाँकी छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वको टोली आठ विश्वविद्यालयका उपकुलपतिका लागि २४ जनाको नाम सिफारिस गरेको थियो। 

सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिलाई हटाएको थियो। त्यसपछि गत वैसाख २५ गते आवेदन माग गरिएको थियो।

जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ र मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाले आवेदन दिएका थिए। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ जनाले आवेदन दिएका थिए।

आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको थियो। आवेदन परेकामध्ये १०–१० जनाको नाम ‘सर्ट लिस्ट’ मा राखिएको थियो। त्यसबाट तीन–तीन जनाको नाम प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरिएको थियो। त्यसैबाट प्रधानमन्त्री शाहले सात विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad