समाज


राति यी स्थानमा भारी वर्षाको सम्भावना

राति यी स्थानमा भारी वर्षाको सम्भावना

नेपालखबर
असार १८, २०८३ बिहिबार १९:५, काठमाडौँ

हाल (बिहीबार साँझ) देशभर आकाशमा साधारणतया बादल लागेको छ। अनि बागमती प्रदेशका केही स्थान, कोसी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति देशभर आकाशमा साधारणतया बादल (कतै कतै मात्र  खाली) लाग्नेछ।

यस क्रममा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका  केही स्थान, कर्णाली प्रदेशको पहाडी भूभाग साथै मधेस प्रदेश र कोसी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

आज राति गण्डकी, बागमती र सुदूरपश्चिम  प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

हेर्नुहोस् शनिबारसम्मको वर्षा सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad