समाज


इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण, दुई जना पक्राउ

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण, दुई जना पक्राउ

नेपालखबर
असार १८, २०८३ बिहिबार २१:३६, चितवन

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज उनकै कार्यकक्षमा आक्रमण भएको छ। कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो। दुवै जनालाई चितवन ल्याइँदै छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताए। 
 
घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad