दुई दिनको अवधिमा करिब २८ लाख ५ हजार १०० रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुजेलिया जनकपुरका अनुसार बिहीबार ९ लाख ८६ हजार ३ सय रुपैयाँ बराबरको किराना सामान, लत्ताकपडा तथा एक मोटरसाइकल बरामद गरिएको हो।
शुक्रबार भने १८ लाख १८ हजार ८०० रुपैयाँ बराबरका मोबाइल पार्ट्स, लत्ताकपडा तथा प्रयोग गरिएको एक अटोरिक्सा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
ती अवैध समानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको गणपति भीमबहादुर बिष्टले जानकारी दिए।
30
Shares

प्रतिक्रिया