सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि धानको समर्थन मूल्य तोकेको छ। सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको जानकारी दिएका हुन्।
उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ को लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा रहेको छ।
यो मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल दुई सय रुपैयाँभन्दा बढी हो। अघिल्लो आर्थिक वर्षमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा थियो। मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो।

प्रतिक्रिया