खेल


रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

नेपालखबर
असार २३, २०८३ मंगलबार ४:३०, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ।

अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा जारी विश्वकपको दाबेदार मानिएको पोर्चुगल स्तब्ध भएको हो। 

खेलमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। 

उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेका हुन्। 

यो हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ। यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगे बाहिरिएको थियो। 

स्पेन भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता प्रिक्वार्टरफाइनल र समूह चरणबाटै बाहिरिँदै आएको थियो। 

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो। 

यसअघि राउन्ड अफ ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको थियो। 

अब स्पेनले आज बिहान हुने अमेरिका र बेल्जियमबिचको खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad