फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा धकेलिएको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको हो।
एक खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड हाल १० खेलाडीमा सिमित छ।
अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी.इम्बोलालाई रातो कार्ड दिएका हुन्।
पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर.रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका हुन्।
खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो।
कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए।
आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
Shares

प्रतिक्रिया