खेल


फाइनल प्रवेशका लागि अब अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने

फाइनल प्रवेशका लागि अब अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने

नेपालखबर
असार २८, २०८३ आइतबार १२:५४, काठमाडौँ

अर्जेन्टिना र इङल्यान्ड फिफा विश्वकप-२०२६ को सेमिफाइनलमा प्रवेश गरेका छन्। 

आज बिहान भएको खेलमा अर्जेन्टिना स्विट्जरल्यान्ड र इंग्ल्यान्ड नर्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

फाइनल प्रवेशका लागि यी दुई टोलीबिच अब आगामी बिहीबार प्रतिस्पर्धा हुनेछ। गएराति भएको खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध २-१ को जित निकाल्दा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध ३-१ को जित निकालेको छ। 

अमेरिकाको मियामी स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गोल गरे। यससँगै आठ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो। 

यो हारसँगै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ। 

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर नर्वेले अग्रता जोगाउन नसक्दा हार बेहोर्‍यो।

त्यसैगरी आज बिहान अमेरिकारको कान्सास सिटी स्टेडियममा भएको खेलमा स्वीटजरल्यान्डलाई ३–१ गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको छ। 

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटेरो मार्टिनेजले गोल गरे। स्वीटजरल्यान्डका डान डोयोले गरेको गोल सान्त्वनाको रुपमा रह्यो। 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

पहिलो हाफको १० औँ मिनेटमा कप्तान लियोनल मेस्सीको कर्नरमा एलेक्सिले हेडर गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा गोल खाँदा खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको ६७ औँ मिनेटमा डान डोयोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

खेलको ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटियो। यद्यपी टोलीले विश्व च्याम्पियन अर्जेन्टिनालाई कडा टक्कर दिँदै दबाबमा राख्न सक्यो। 

खेलको ११२ औँ मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। अतिरिक्त समयको इन्ज्युरी टाइममा मार्टिनेजको गोलमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो। 

७२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको स्वीटजरल्यान्ड भने अन्तिम ८ बाट नै बाहिरियो। 

विश्वकपको फाइनल प्रवेशका लागि अब फ्रान्स र स्पेन तथा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन्।

फ्रान्स र स्पेनबिचको खेल बुधबार र इंग्ल्यान्ड र अर्जेन्टिना बिचको खेल बिहीबार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad