टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘नयाँ फरएभर रेन्ज’अन्तर्गतको नयाँ गाडी एनआरजीको नेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राईभीङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरु तर्फ लक्षित छ ।
‘अर्बन टफरोडर’को रुपमा प्रस्तुत गरिएको स्वरुप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको छ।
सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ।
यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।
उक्त कार्यक्रममा बोल्दै टाटा मोटसर्् प्यासेन्जर भेहिकल इन्टरनेसनल विजनेश हेड मायांक बाल्डीले भने, ‘हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छौँ।’
यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन भएको कम्पनीले जनाएको छ।
‘जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ’, उनले भने, ‘ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।’
त्यसैगरी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी भएको बताए।
उनले भने, ‘हाम्रो टाटा मोटर्ससँगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ। हामी नेपाली ग्राहकहरुसमक्ष उत्कृष्टभन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिबद्ध छौँ।’
पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको छ।
बलियो बाहिरी वनावट र स्पोर्टी भित्री बनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ । १२०० सीसीको इन्जिन क्षमता सहित म्यानुअल र एटिएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभूति गर्दछ।
Shares

प्रतिक्रिया