ad ad

कारोबार


२०२३ को लागि अमेरिकी डीभी चिठा आज राति खुल्दै, दूतावासको ५ सुझाव

२०२३ को लागि अमेरिकी डीभी चिठा आज राति खुल्दै, दूतावासको ५ सुझाव

नेपालखबर
असोज २०, २०७८ बुधबार १८:२३, काठमाडौँ

सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी) को लागि आज रातिदेखि आवेदन दिन सकिने भएको छ। 

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार राति ९ः४५ बजेदेखि कात्तिक २३ सम्म डीभी चिठामा सहभागिता जनाउन चाहनेले आवेदन दिन सक्नेछन्। डीभी भर्नेले अनिवार्य पासपोर्ट नम्बर पनि भर्नुपर्नेछ। 

अमेरिकी राजदूतावासले डीभी भर्नुअघि निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ–

  • १. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
  • २. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
  • ३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
  • ४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
  • ५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

डीभी आवेदन निःशुल्क र आफैँले पनि भर्न सकिनेछ। 

अमेरिकामा बसाइ सर्ने दर कम भएका देशका नागरिकलाई यो कार्यक्रमको लागि योग्य मानिएको छ। 

डीभी भर्नेले कम्तीमा उच्च शिक्षा वा सोही बराबरको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। काम गर्ने आवेदक भए कम्तीमा दुई वर्ष काम गरेको अनुभव प्रमाणपत्र पेस गर्नुपर्नेछ। 

अन्य कुराका लागि यहाँ (क्लिक गर्नुहोस्) अध्ययन गरी डीभी भर्न सकिने दूतावासले जनाएको छ। 

यहाँ (क्लिक गर्नुहोस्) बाट डीभी भर्न सकिनेछ। 

यसपटकको डीभी चिठा भर्न नपाउने देशहरु
यसपटक बंगलादेश, ब्राजिल, क्यानडा, चाइना र हङकङ, कोलम्बिया, डमिनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्यान्डबाहेक) र भेनेजुएला र भियतनामका नागरिकले डीभी भर्न पाउनेछैनन्। ताइवानलाई भने योग्य मानिएको छ। 

यी देशका ५० हजार नागरिक अमेरिकामा बसिसकेको कारण डीभी भर्न नपाउने भएका हुन्। 

कसरी छनोट हुन्छन डीभी भर्नेहरु? 
अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार डिपार्टमेन्ट अफ स्टेटले योग्यहरुलाई कम्प्युटर ड्रविङका माध्यमबाट र्‍यान्डम छनोट गर्छ। छ भौगोलिक क्षेत्रमा स्टेट डिपार्टमेन्टले भिसा कार्यक्रम सञ्चालन गर्छ। उपलब्ध आवेदनमध्ये एक देशबाट एक वर्षमा बढीमा सात प्रतिशतसम्म मात्रै छनोट हुन्छन्।  

अमेरिकाले यसपटक ५५ हजार डाइभर्सिटी भिसा उपलब्ध गराउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .