अर्थ मन्त्रालयका महत्त्वपूर्ण मानिएका दुई विभागले नयाँ नेतृत्व पाएको छ।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल र आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्।
साथै भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।
यसअघि भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेका भरतमणि पाण्डेय र आन्तरिक राज्सव विभागका महानिर्देशक रमेश अर्यालको अर्थ मन्त्रालय बाहिर सरुवा भएको छ।
नयाँ जिम्मेवारी पाएका तीनैजा सहसचिवलाई हालैको मन्त्रिपरिषद् बैठकले अर्थमा सरुवा गरेको हो।
177
Shares

प्रतिक्रिया