अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शंकास्पद’ रहेको आरोप लगाएका छन्।
ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरवलोकन गर्न दबाब दिएको कुराको बचाउ गर्दै भने, ‘यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शंकास्पद देखिन्छ। म विवाद सिर्जना गर्न मन पराउँदिनँ, त्यसैले म सबै कुरा भन्न चाहन्नँ। तर उहाँ अत्यन्त शंकास्पद देखिनुभएको छ।’
ब्राजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकारी प्रयोग गर्दै उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए।
189
Shares

प्रतिक्रिया