नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपातमा सहजीकरण गर्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा यस्तो उल्लेख गरिएको छ।
मौद्रिक नीतिमा भनिएको छ, ‘सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिनेछ।’
हाल सबै प्रकारको सवारी साधनमा कर्जा मूल्य अनुपात ६० प्रतिशत रहेको छ।
सार्वजनिक यातायातमा ठूलो विद्युतीय सवारीको प्रयोग बढाउन राष्ट्र बैंकले कर्जा मूल्य अनुपात बढाउने नीतिगत व्यवस्था गर्ने तयारी गरेको हो।
12
Shares

प्रतिक्रिया