ad ad

कारोबार


सेटलाइट सञ्चालनका लागि तेस्रोपटक मागिएको आशयपत्र बुझाउने म्याद थपियो

सेटलाइट सञ्चालनका लागि तेस्रोपटक मागिएको आशयपत्र बुझाउने म्याद थपियो

नेपालखबर
कात्तिक १, २०७८ सोमबार ९:१९, काठमाडौँ

सेटलाइट सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आह्वान आशयपत्रको म्याद थप गरिएको छ। 

यसअघि गत असोज ११ गतेदेखि ३१ सम्म म्याद राखिएकाे यसकाे म्याद ५ दिन थप गरिएकाे हो। 

सेटलाइट सञ्चालन गर्न इच्छुक कम्पनीले अब कात्तिक ५ गतेसम्म आशयपत्र बुझाउन सक्ने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका सूचना अधिकारी अच्युतानन्द मिश्रका अनुसार बिदा परेकाले म्याद थप गरिएको हो। ​

उनले नेपालखबरसँग भने, ‘जति दिन बिदा परेको थियो सोहीअनुसार म्याद थप भएके हो।’

नेपाल दूरसञ्चार प्राधिकरणले सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी, तथा सेटलाइट नै सञ्चालन गर्न अनुभव-प्राप्त विदेशी कम्पनी छनोट गर्न चाहेको छ।

यसअघि दुईपटक आशयपत्र माग गरेर प्राप्त गरेकाे दूरसञ्चार प्राधिकरणले योग्य कम्पनी नै नभेटेको भन्दै प्रक्रिया नै रद्द गरेकाे थियाे। 

प्राधिकरणले २०७३ असोजमा पहिलोपटक माग गरेबमाेजिम २० वटा कम्पनीले आशयपत्र पेस गरेका थिए। तर कुनै पनि कम्पनी चाहेअनुसार नभएको भन्दै प्रक्रिया रद्द नै गरेको हाे।

त्यसबेलाको आशयपत्रमा सेटलाइट जडानका लागि ३० अर्ब लागत अनुमान गरिएको थियो। सोही लागतमा पुनः २०७७ सालमा पनि प्राधिकरणले आशयपत्र माग गरेको थियो। त्यसमा पनि केही कम्पनी छनोटसमेत भएका थिए। 

तर प्राधिकरणले पुनः योग्य कम्पनी नपाएको भन्दै  प्रक्रिया रद्द गरेको थियो। 

अहिले त्यसका लागि दूरसञ्चार प्राधिकरणले तेस्रोपटक आशयपत्र माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .