कारोबार


राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. पाठक

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. पाठक

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १६:१२, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन्। 

साथै, उहनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा कार्य गरेको अनुभव रहेको छ। डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, लगायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .