ad ad

कारोबार


नेपाल एअरलाइन्सद्वारा जुम्लामा नियमित उडान सुरु

नेपाल एअरलाइन्सद्वारा जुम्लामा नियमित उडान सुरु

नेपालखबर
कात्तिक १९, २०७८ शुक्रबार ५:४१, काठमाडौँ

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान सुरु गरेको छ। 

एक महिनाभन्दा बढी समयदेखि रोकिएको उडान एअरलाइन्सले बिहीबारदेखि तालिका बनाएर पुनः नियमित गरेको हो।

अब जुम्लामा सातामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले जनाएको छ। 

जुम्लामा सरकारी जहाज नआउदा र निजी जहाजकै भर पर्नुपर्दा यात्रुलाई निकै सकस भएको थियो। 

एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा जुम्लामा सरोकारवाला निकायबीच भएको छलफलमा हवाई उडानलाई व्यवस्थित र नियमित गर्ने  सहमति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .