नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी भएको छ।
कर दिवसको अवसरमा सरकारले टेलिकमलगायत उत्कृष्ट करदातालाई सम्मान गरेको हो।
त्यसैगरी व्यक्तिगत रुपमा धेरै कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्।
कुल करमा सबैभन्दा धेरै कर भने सूर्य नेपाल प्रालिले तिरेको छ।
कर तिर्नेमा उत्कृष्ट व्यक्ति तथा संस्था
- सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: डाबर नेपाल (प्रा) लि विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: एसियन पेन्ट्स (नेपाल) प्रालि
कृषि एवं पशुपक्षीजन्य उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: पूर्वाञ्चल एग्रिटेक प्रालि सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नबिल बैंक लिमिटेड बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: तारागाउँ रिजेन्सी होटल्स लिमिटेड वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि मध्यमस्तरीय करदातामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड ऊर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताः हिमाल पावर लिमिटेड व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः सिद्धार्थ शमशेर जबरा सबैभन्दा बढी कर तिर्ने करदाता : सूर्य नेपाल प्रालि २०६६ साउनदेखि ०७८ असारसम्म मूअकको मासिक कर विवरण र सोबमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये आव ०७७÷०७८ मा सबैभन्दा बढी मूअक तिर्ने करदाता : घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड
प्रतिक्रिया