ad ad

कारोबार


ज्योति विकास बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण

नेपालखबर
पुस २१, २०७८ बुधबार १६:२८, काठमाडौँ

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट आज एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सहयोग गरेको हो। 

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाइटको उद्घाटन गरिएको थियो। 

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो। 

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गरेका थिए।  

ट्राफिक लाइट जडान तथा सञ्चालन भएसँगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषूप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .