खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीराष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजनाबाट उत्पादित ६ दशमलव ६ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ लागतमा दुई वर्ष लगाएर यो आयोजनाको निर्माण पूरा गरको हो।
कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठका अनुसार अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन गएको १४ मंसिरमै भएको थियो।
आयोजनाबाट वर्ष भरी नै ६ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्नेगरी पानी रिजर्भर निर्माण गरिएको छ।
Shares
प्रतिक्रिया