ad ad

कारोबार


सन् २०२२ को नेपाली अटोबजारः विद्युतीय गाडीमा तीव्र प्रतिस्पर्धाको वर्ष?

सन् २०२२ को नेपाली अटोबजारः विद्युतीय गाडीमा तीव्र प्रतिस्पर्धाको वर्ष?

इभीहरु।


नेपालखबर
माघ ८, २०७८ शनिबार १५:१७, काठमाडौँ

सन् २०२२ मा नेपाली अटो बजारमा विद्युतीय गाडीमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

अटो बजारका मुख्य कम्पनीले नयाँ विद्युतीय गाडी ल्याउन लागेसँगै विद्युतीय गाडीमा प्रतिस्पर्धा बढ्ने भएको हो। 

हाल एमजी जेटएस, टाटा नेक्सन, हुन्डाई कोना, किया निरो, निशान लिफ, बीवाईडी ई ६ बीच प्रतिस्पर्धा छ। 

कम्पनीहरुले नयाँ मोडल पनि ल्याउँदा अटोबजारमा प्रतिस्पर्धा झनै बढ्नेछ। बजारमा जापानी, कोरियन, इन्डियन र चाइनिज विद्युतीय ब्रान्डबीच प्रतिस्पर्धा हुनेछ। 

हुन्डाईले कोना फेसलिफ्ट भर्खर सार्वजनिक गरेको छ। ग्रेटवाल मोटर्सले विद्युतीय गाडी ओरा नेपाल भित्र्याएको छ। 

३ वटा अप्सनमा गाडी भित्र्याएको कम्पनीले अझै सार्वजनिक गरेको छैन।   गुडक्याट ४०० टेक, गुड क्याट ४०० प्रो र गुड क्याट ५०० अल्ट्रा नेपाल भित्रिएका छन्।

गुडक्याट टेकको मूल्य ४० लाख, प्रोको ४३ लाख र अल्ट्राको ४८ लाख रुपैयाँ मूल्य तोकेको छ। ओरा टेकमा सन रुफ छैन भने प्रो र अल्ट्रामा सनरुफ छ। 

यता भारतीय ब्रान्ड टाटाले नेक्सन ईभी नेपाल भित्र्याएसँगै मूल्यमा समेत प्रतिस्पर्धा बढ्नथालेको छ। टाटाले नेक्सनभन्दा अझै सस्तो मूल्यमा टिगोर ईभी छिट्टै भित्र्याउने घोषणा गरेको छ। 

टाटाको गाडी कम बजेटका र बलिया मानिन्छन्। टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ।  

ग्राउन्ड क्लियरेन्स १७२ एमएम रहेको टिगोरका ब्याट्रीको क्षमता २६ किलोवाट आवर रहेको छ। 

अधिकतम पावर ७३.७५ बीपीएच र १७० एनएम रहेको गाडी एकपटकको चार्जमा ३०६ किमिसम्म गुड्ने कम्पनीले जनाएको छ। गाडीमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। 

टाटाकै अल्ट्रोज ईभी भारतमा सार्वजनिक हुँदै छ। भारतमा सार्वजनिक भएसँगै नेपाल भित्र्याउनको लागि तयारी थाल्ने कम्पनीले उल्लेख गरेको छ। 

हुन्डाईको एसयूभी आयोनिक ५
हुन्डाईले नयाँ विद्युतीय आयोनिक ५ छिट्टै नेपालमा सार्वजनिक हुने जनाएको छ। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले   कोना र आयोनिक गाडी बिक्री गर्दै आएकोमा नयाँ आयोनिक ५ भित्रिनलागेको जानकारी दिएको छ। 

आयोनिक ५ का २ वटा भेरियन्ट अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छन्। जो स्ट्यान्डर्ड रेञ्ज र लंग रेञ्जमा रहेका छन्।  

५ सिट रहेको गाडीमा स्ट्यान्डर्ड रेञ्ज ५८ किलोवाट ब्याट्रीको रहेको छ भने लंग रेञ्जको ७२ किलोवाटको ब्याट्री छ। लंग रेञ्जको आयोनिक ५ एक पटकको चार्जमा ४८१ किलोमिटरसम्म गुड्नसक्ने कम्पनीले उल्लेख गरेको छ। 

एमजी जेटएस फेसलिफ्ट
एसयूभी सेगमेन्टको एमजी जेटएस फेसलिफ्ट नेपाल आउँदै छ। जेटएसले नेपाली बजारमा राम्रो बजार हिस्सा ओगटेसँगै फेसलिफ्ट ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। 

२ वर्षअघि नेपालमा सार्वजनिक भएको जेटएस ९ सय बढी बिक्री भइसकेको छ। जसको डिजाइनमा केही परिवर्तन भई भित्रिँदै छ। 

बेलायती पुरानो ब्रान्ड एमजीले चिनियाँ प्लान्टमा निर्मित जेटएस गाडी  नेपाल ल्याउने गरेको छ। कम्पनीले ३ देखि ४ महिनाभित्र फेसलिफ्ट ल्याउने जनाएको छ।

किया ईभी ६  
सन् २०२१ को मार्चमै विश्व प्रिमियर गरिएको किया ईभी ६ पनि नेपाल भित्रिँदै छ। कियाको निरो बिक्री गरिरहेको कम्पनीले क्रसओभर एसयूभीको रुपमा ईभी ६ भित्र्याउँदै छ। 

गाडीमा ब्याट्री क्षमता ७७.४ किलोवाट आवर छ जसले एकपटकको चार्जमा ४२६ किमिसम्म गुड्ने कम्पनीले उल्लेख गरेको छ। 

इभी ६ आउने मिति अझै टुंगो नलागेको कम्पनीले जनाएको छ। 

यीबाहेक महिन्द्र एक्सयूभी ३००, मारुती वागोर आर इलेक्ट्रिक, सुजुकी फुचुरो पनि नेपाल आउँदै छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .