नेपाली कांग्रेसले विभिन्न क्षेत्रका जानकार तथा विज्ञलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग जोडेको छ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरेको छ। विविध विषयमा सहकार्य गर्न इच्छुक विविध विधाका जानकार एवं विज्ञलाई प्रतिष्ठानसँग जोडिन आश्वान गरेको थियो।
त्यसका आधारमा विभिन्न क्षेत्रका ४२ जना विज्ञ जोडिएको कांग्रेसले जनाएको छ। मंगलबार उनीहरूसँग छलफल आयोजना गरेको हो।
कार्यक्रममा उद्यमशीलता, मानिसक स्वास्थ्य, जलवायु परिवर्तन, डिजिटल सुशासन, विपद व्यवस्थापन, बाल अधिकार, श्रम अधिकार, पूर्वाधार विकास, शिक्षा र खेलकुद विषयका जानकार सहभागी थिए। कार्यक्रममा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रमका उद्देश्य जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगन थापाले बदलिएको समय अनुरुप बदलिँदै अघि बढेको कांग्रेसलाई अनेकन बिषयगत प्रश्नमा प्रखर बनाउन लागेको बताए। अभियानमा जोडिएका सबैलाई स्वागत गर्दै सभापति थापाले सहभागीले देखाएको उत्साहलाई सम्मानका साथ समेटेर कांग्रेस अगाडि बढ्ने विश्वास दिलाए।
Shares

प्रतिक्रिया