सिटी एक्स्प्रेसको ‘लखपति एक्सप्रेस न यति न उति सिधै लखपति’ उपहार योजनाको असोजको मासिक लक्की ड्रको विजेता बाग्लुंगका गोविन्द थापा बनेका छन्।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोविन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको हो।
कम्पनीका अनुसार जापानमा रहेका थापा असोज महिनाको विजेता बन्दै एक लाख जित्न सफल भएका हुन्। उनले जापानबाट पैसा पठाउँदा भाग्यशाली विजेता हुने अवसर पाएका हुन्। कम्पनीले असोज १ गतेदेखि सुरु गरेको यो योजना यही मंसिर ३० सम्म लागू हुनेछ।
योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई सय रुपैयाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप १० लाख रुपैयाँ समेत जित्न सक्ने कम्पनीले जनाएको छ।
यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।
यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६ सय ३० जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जितिसकेका कम्पनीको भनाइ छ। सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो।

प्रतिक्रिया