ad ad

कारोबार


सरकारको नीतिले सयौं उद्योग बन्द हुने भन्दै विराटनगरका व्यवसायीको प्रदर्शन

उद्योगीलाई मजदुरको साथ
सरकारको नीतिले सयौं उद्योग बन्द हुने भन्दै विराटनगरका व्यवसायीको प्रदर्शन

सुमन पुरी
जेठ २६, २०७९ बिहिबार १४:५१, विराटनगर

सरकारले ल्याएको बजेटको विरुद्धमा रहेका विराटनगरका उद्योगी व्यवसायीले आज सडकमा प्रदर्शन गरेका छन्। उद्योगी व्यापारीहरूको सडक प्रदर्शनमा ट्रेड युनियनले समेत साथ दिएका छन्। 

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र उद्योग परिसंघले स्यानिटरी प्याड, वनस्पति तेल र स्टिल उद्योग सरकारको बजेट नीतिका कारण बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलनको चेतावनी दिएका थिए।

बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले आजबाट सडक अवरोधको घोषणा गरेका थिए। तर उनीहरुले चक्का जामको कार्यक्रम फिर्ता लिँदै मजदुर सहितको संयुक्त जुलुस प्रदर्शन गरेका छन्।

आगामी आर्थिक वर्षको बजेटले तीन थरीका उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै उद्योग सञ्चालक, कामदार र मजदुरहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनको आयोजना मोरङ व्यापार संघले गरेको हो। सो कार्यक्रममा  उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघले साथ दिएका छन्। उद्योगीको विरोध जुलुसमा कांग्रेस, एमाले, माओवादी निकट मजदुर संगठनले साथ दिएका छन्। 

बिहीबार मध्याह्न साढे ११ बजे बुढीगंगा गाउँपालिकामा पर्ने धरान–विराटनगर सडक खण्ड छेउको हुलास वायर इन्डस्ट्रिजबाट निस्किएको जुलुसले स्थानीय औद्योगिक क्षेत्रको परिक्रमा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .