ad ad

कारोबार


विद्युतीय गाडीसँगै चार्जिङ पूर्वाधार विस्तारमा आक्रामक टाटा

सबै प्रदेशमा राखियो डीसी र एसी चार्जर
विद्युतीय गाडीसँगै चार्जिङ पूर्वाधार विस्तारमा आक्रामक टाटा

नेपालखबर
जेठ २८, २०७९ शनिबार ७:२, काठमाडौँ

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ विद्युतीय गाडीसँगै पूर्वाधार विस्तारमा आक्रामक रुपमा अगाडि आएको छ।

टाटाले नेपालमा डीसी फास्ट चार्जर र एसी चार्जर देशभर विस्तार गरेको हो। 

टाटाले डीसी फास्ट चार्जर सात प्रदेशमा १६ वटा स्थापना गरेको छ। विद्युतीय गाडी सार्वजनिक गरेको एक वर्ष नपुग्दै टाटाले सबैभन्दा ठूलो डिसी फास्ट चार्जर नेटवर्क स्थापना गरेको छ। कम्पनीले आफ्ना शोरुम, होटल तथा रिसोर्टमा चार्जिङ पोइन्ट स्थापना गरेको छ। 

यी ठाउँमा छन् फास्ट चार्जर 
कम्पनीले ललितपुरको बागडोल, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङटार, बुद्धचोक पोखरा, पथ्थर डाँडा भैरहवा, बासामाडी हेटौंडा, ताज रिभरसाइड रिसोर्ट मूलकोटमा फास्ट चार्जर राखेको छ। 

त्यसबाहेक ढल्केबर, आकाम्बा इटहरी, शेखर अटोमोबाइल्स भरतपुर, धादिङको धार्के, होटल पौवा भालुवाङ, गहनापुर नेपालगञ्ज, धनगढी, सिमरा, होटल गोधौली लाहान, धाईजान बिर्तामोडमा फास्ट चार्जर राखेको छ।   

सिप्रदी ट्रेडिङका अनुसार डिसी फास्ट चार्जरबाट करिब १ घण्टामा फुल चार्ज हुन्छ। 

कम्पनीले १०० भन्दा बढी एसी चार्जर स्थापना गरेको छ। टाटाले गाडी कहाँ गुड्दै छ त्यसको आधारमा चार्जिङ स्टेसनको एपमार्फत भेट्टाउन सकिन्छ। एसी चार्जर घरमा प्रयोग हुने चार्जरजस्तै हो। यसबाट फुलचार्ज हुन करिब ८ घण्टा लाग्छ।

सिप्रदीका एक अधिकारीका अनुसार एसी चार्जर सिप्रदीको सबै शोरुम तथा सर्भिस सेन्टरसँगै बैंक, हस्पिटल, होटल, रिसोर्टमा चार्जर राखिएको छ। ‘कतिपयले फोन गरेरै चार्जिङ पोर्ट राखिदिन आग्रह गर्नुहुन्छ’, ती अधिकारीले भने, ‘हामीले निःशुल्क चार्जिङ पोर्ट उपलब्ध गराउने गरेका छौँ।’

सिप्रदीले एसी र डीसी चार्जिङ शुल्क एउटै लिँदै आएको छ। कम्पनीले विद्युत् नियमन आयोगले तोकेको शुल्क लिने गरेको छ। एक युनिटको १२ रुपैयाँ शुल्क लाग्ने गरेको छ। 

एपबाटै चार्जिङ स्टेसनको जानकारी 
टाटाले चार्जिङ स्टेसन कहाँ छन् पत्ता लगाउन वेबसाइट वा इजी चार्ज एपमार्फत गर्न सकिन्छ। इजी चार्ज एपले नजिकैको चार्जिङ स्टेसन खोज्न र त्यहिबाटै पैसा तिर्न सकिन्छ।

‘ग्राहकले टाटाको चार्जिङ पोइन्ट कहाँ छ एपबाटै थाहा पाउँछन्’, ती अधिकारीले भने, ‘गाडी चार्ज गरेपछि कति शुल्क आयो एपबाटै तिर्न सकिन्छ।’

टाटाले नेपालमा २ वटा मोडलका विद्युतीय गाडी बिक्री गर्दै आएको छ। टाट नेक्सन इभी र टाटा टिगोर नेपाली बजारमा बिक्री गर्न थालेको छ। नेक्सन ईभीको ५७९ गाडी बिक्री गरेको छ भने टिगोरको २९ वटा बिक्री गरेको छ। नेक्सन ईभी गत वर्ष साउनमा सार्वजनिक गरेको थियो। 

टाटा नेक्सन ईभी सरकारी निकायले समेत खरिद गर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणले हालै २० वटा गाडी टाटासँग खरिद गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .