कारोबार


कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलमा छुट

कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलमा छुट

नेपालखबर
असार १, २०७९ बुधबार २०:१४, काठमाडौँ

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। 

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरे।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाइमा रुम शुल्कमा १५ प्रतिशत, खानपानमा १० प्रतिशत र बेभरेज १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .