ad ad

कारोबार


एनएमबी बैंक र टानबीच डिजिटल सेवालाई प्राथमिकता दिने समझदारी

एनएमबी बैंक र टानबीच डिजिटल सेवालाई प्राथमिकता दिने समझदारी

नेपालखबर
असार १५, २०७९ बुधबार १६:१३, काठमाडौँ

एनएमबी बैंक र ट्रेकिङ्ग एसोसिएसन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागि समझदारी भएको छ। 

उक्त समझदारी यही असार ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तान्तरण भएको छ।

उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन्। एनएमबी बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ।

यी सेवाहरुले गर्दा टानका टान सदस्यहरु लाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबी बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .