कारोबार


मन्त्री शर्माको राजीनामापछि मन्त्रालय फर्किए अर्थसचिव मरासिनी

मन्त्री शर्माको राजीनामापछि मन्त्रालय फर्किए अर्थसचिव मरासिनी

फाइल तस्बिर


नेपालखबर
असार २३, २०७९ बिहिबार १४:११, काठमाडौँ

अनेक विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्। 

सचिव मरासिनीको सचिवालयका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्। 

मन्त्री शर्मा गम्भीर विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदामा बस्ने औपचारिक जानकारी गराएका थिए।

तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्। 

सचिव मरासिनीको सचिवालयका एकजना सदस्यले नेपालखबरसँग कुरा गर्दै उनी पौने २ बजे मन्त्रालय आइपुगेको जानकारी दिए। 

अर्थमन्त्री शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदामा बस्ने जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .