ad ad

कारोबार


केएफसीको चौधौँ शाखा बुटवलमा

केएफसीको चौधौँ शाखा बुटवलमा

नेपालखबर
भदौ १९, २०७९ आइतबार १२:३२, काठमाडौँ

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौँ शाखा विस्तार गरेको छ। 

बुटवल  उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। 

यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ। 

केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ। 

जसका लागि ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ। रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ। 

केएफसीका कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला  निर्मलिकरण गर्ने गर्दछन्। हरेक गा्रहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ। 

१८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन्। रेटुरेन्टले हाल बिहान १० बजे बाट रातको १० बजेसम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ। साथै भोज डिलमार्फत डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .