कला


कस्मेटिक सर्जरी गर्दै करिश्मा

कस्मेटिक सर्जरी गर्दै करिश्मा

नेपालखबर
भदौ १९, २०७९ आइतबार १२:४७, काठमाडौँ

अधिनेत्री करिश्मा मान्धरले आँखाको कस्मेटिक सर्जरी गर्ने भएकी छन्। उनले आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्न लागेको बताइन्।

उनले ललितपुरको कुपण्डोलमा रहेको नेसलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा सर्जरी गर्ने बताइन्। सेन्टरको सातौँ वार्षिक उत्सव मनाउन पुगेकी करिश्माले सर्जरीको तयारी गरेको बताइन।

उनले आँखाको तल्लो भाग झोलिएको र माथिल्लो भागमा पनि केहि समस्या देखिएकाले कस्मेटिक सर्जरीको तयारी गरेको सुनाइन्।

उनले भनिन् ‘बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले यही नै आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ।’

आँखाको सुन्दरताले मुहार नै सुन्दर बनाउने करिश्माको तर्क थियो। उनले यो प्रविधि कलाकारका लागि झनै उपयुक्त भएको बताइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .