राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखरजंग श्रेष्ठ (गजरकोटे) नवौँ राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) अन्तर्गत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
आइतबार काठमाडौँमा आयोजित अवार्ड वितरण समारोहमा नेपाली पत्रकारिता क्षेत्रमा डेढ दशकदेखि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै श्रेष्ठलाई नगद ५ हजार ५५५ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
श्रेष्ठलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, रंगीन नेपाली चलचित्रकी प्रथम नायिका चैतन्य देवी सिंह, पहिलो नेपाली चलचित्र ‘आमा’ की नायिका बसुन्धरा भुषाल तथा कलाकार मोहन निरौलाको हातबाट सम्मान प्रदान गरिएको थियो। उनी सानदार मिडियाका अध्यक्षसमेत हुन्।
18
Shares

प्रतिक्रिया