सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१.२२ र सेन्सिटिभ सूचक ३.८९ अंकले घटेको हो।
योसँगै मंगलबार १ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
२२७ कम्पनीको ३२ लाख कित्ता सेयर २४ हजार ६ सय २२ पटक किनबेच भएको हो।
सामूहिक लगानी कोष उपसूचक हरियो भए पनि बाँकी ११ उपसूचक राताम्य छन्।
आज १४ कम्पनीको सेयर बढ्दा १७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज उन्नति सहकार्य लघुवित्तका सेयरधनीले ९.६८ प्रतिशतले कमाए पनि अन्य लगानीकर्ताले ३ प्रतिशतसम्म पनि कमाउन नसकेको नेप्सेले जनाएको छ।
आज सर्वाधिक कारोबार भने ९ करोड १४ लाख छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो।
36
Shares

प्रतिक्रिया