कारोबार


अब भरी सिलिन्डर ग्यास पाइने

अब भरी सिलिन्डर ग्यास पाइने

नेपालखबर
असार ३०, २०८३ मंगलबार १९:१६, काठमाडौँ

पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ। 

नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जनाएको छ। बुधबारदेखि साविकै १४.२ केजीको सिलिन्डर विक्री हुने भएको छ। यसअघि ७.१ केजीको ग्यास विक्री हुँदै आएको थियो। 

आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रुपैयाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ। 

केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने जनाएको छ। अहिले बजारमा रहेको आधा ग्यासको सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म ७.१ केजी र १४.२ केजीको सिसिन्डर बिक्री हुने जनाएको छ। दुवै किसिमका सिलिन्डरको तौल र मूल्य यकीन गरेर खरिद गर्न निमगले उपभोक्तालाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad