नेपाल राष्ट्र बैंकले आजदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पठाउन सुरु गरेको छ।
दसैँ तिहारलाई लक्षित गरी १० अर्ब रुपैयाँ बजारमा पठाउन आजदेखि बैंकलाई नोट वितरण गरिएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आजदेखि बैंकमा नयाँ नोट जान थालेको छ।
उनले भने, ‘सर्वसाधारणको लागि राष्ट्र बैंकले बाँड्ने नोट भने सूचना जारी गरेर यही महिनाको अन्तिमदेखि वितरण सुरु हुन्छ।’
राष्ट्र बैंकले आज ६ वटा वाणिज्य र विकास बैंकलाई ३० करोड रुपैयाँ नयाँ नोट उपलब्ध गराई नयाँ नोट वितरण सुरु गरेको छ।
विस्तारै अन्य बैंकमा समेत वितरण हुन्छ।
कुल १० अर्ब रुपैयाँ पठाउँदै छ। सर्वसाधारणको लागि भने १८ हजार ५ सय रुपैयाँ अधिकतम वितरण हुनेछ। बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले नयाँ नोट लिन सक्नेछन्।
30
Shares
प्रतिक्रिया