नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ।
नागरिक अगुवा चन्द्रकिशोरले पाण्डेको निधन भएको जानकारी दिएका छन्।
पारिवारिक स्रोतका अनुसार पाण्डेको शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौँको विशालनगरस्थित निवासमा निधन भएको हो।
पाण्डे क्यान्सर रोगबाट पीडित थिए।
२०६२/०६३ सालको जनआन्दोलनमा उनको नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका थियो। त्यसपछि पनि लगातार सामाजिक आन्दोलनमा सक्रिय थिए।
पाण्डेको भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा लगेर संस्कार गरिने जनाइएको छ।
606
Shares

प्रतिक्रिया