कारोबार


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सर्वाधिक प्रिमियम संकलन गर्ने अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सर्वाधिक प्रिमियम संकलन गर्ने अभिकर्ता सम्मानित

नेपालखबर
असोज ३, २०७९ सोमबार २०:५८, चितवन

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने ‘एनुअल रिकोनाइसन प्रोग्राम’ सम्पन्न गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए। 

चितवनको सौराहामा असोज १ र २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सीईओ खड्काले अवार्डसहित सम्मानित गरे। त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भए।

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भएका थिए भने कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भए। 

त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए। 

कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो। उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो। 

उक्त अवसरमा दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफ्नो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताए। 

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मानित गरेकोमा संस्थाप्रति कृतज्ञ छु र ज्यादै गौरवान्वित भएको छु, आउँदा दिनमा अझै काम गर्ने प्रेरणा थपिएको छ।’

त्यस्तै उपेन्द्र राईले कर्मचारी र अभिकर्ताहरुको सहकार्यबाट नै कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सकिने बताए। 

उनले भने, ‘कर्मचारी र अभिकर्ताहरुको हातेमालोबाट नै अगाडि बढ्न सकिन्छ, जसले गर्दा कम्पनीले लक्ष्य हासिल गर्नका लागि धेरै समय कुर्नु नै पर्दैन।’ 

उनले सबै अभिकर्ता, कर्मचारी र व्यवस्थापनको सहकार्यले सूर्यालाइफ निकट भविष्यमै देशको नम्बर एक कम्पनी बन्ने पनि दाबी गरे। 

त्यस्तै अभिकर्ता संघका अध्यक्ष समेत रहेका अर्का विजेता रामबहादुर तामाङले यस किसिमको सम्मानले अभिकर्ताहरुमा हौसला बढ्ने बताउँदै कम्पनीले देशैभरका अभिकर्ताहरुलाई सम्मानित गर्नुपर्ने बताए। 

उनले भने, ‘अभिकर्ताहरुलाई गरिने यस किसिमको सम्मानले अझै बढी काममा लाग्ने इच्छाशक्ति प्रकट हुन्छ।’

साथै कार्यक्रममा पुरस्कृतहरुलाई सीईओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको समेत बताए।

उक्त अवसरमा खड्काले सहकार्य, साथ र विश्वास नै कम्पनीको मूलमन्त्र भएको बताउँदै आगामी दिनमा अभिकर्ता र कर्मचारीहरुले अझै बढी सकारात्मक उर्जाका साथ विश्वसनीय ढंगले काम गर्न पनि आग्रह गरे।

यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खड्काले आगामी दिनमा कम्पनीलाई मुलुकै सबैभन्दा उत्कृष्ट कम्पनी बनाउने व्यवस्थापनको लक्ष्य पूरा गर्ने अभियानमा मेरुदण्डको रुपमा अभिकर्ता र कर्मचारी नै भएकोले बताउँदै त्यसका लागि सबैजना प्रतिबद्ध रहेको आभाष आफूले यस कार्यक्रमपछि पाएको पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .