एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालि (एलजी) ले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण शृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ।
इटहरीस्थित रामदा होटलमा विशेष कार्यक्रम गरी उक्त सिरिजका उपकरण औपचारिक अनावरण गरिएको हो।
यसले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीले जनाएको छ।
नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।
एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर सुरु भएको छ। यसका प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ।
उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ-कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।
Shares

प्रतिक्रिया