सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग सहकार्य गर्दै भारत(नेपाल रियल टाइम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरु गरेको छ।
योसँगै दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) तथा यूपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन्।
नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले यूपीआई आईडी प्रयोग गरी भारत(नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल, सुरक्षित र सहज बनाएको छ।
यो सुविधा विद्यार्थी, पेसागत व्यक्ति, यात्रु तथा भारत(नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुने बैंकले जनाएको छ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया