कारोबार


एनआईसी एसियाको खातामा रेमिट्यान्स बुझ्नेलाई दशैँमा ३ सय रुपैयाँ दक्षिण पाइने

एनआईसी एसियाको खातामा रेमिट्यान्स बुझ्नेलाई दशैँमा ३ सय रुपैयाँ दक्षिण पाइने

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १६:२३, काठमाडौँ

एनआईसी एसिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा अफर ल्याएको छ। 

बैंकले ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको हो।

यसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ। 

बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ। 

योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो बैंकका मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .