ad ad

कारोबार


एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुरु

एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुरु

नेपालखबर
असोज १२, २०७९ बुधबार १२:५८, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुरु गरेको छ । 

सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाईंले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए। 

पञ्जाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभर छरिएर रहेको आफ्नो ११९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .