ad ad

कारोबार


काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै

काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै

नेपालखबर
असोज २६, २०७९ बुधबार १३:१३, काठमाडौँ

काठमाडौंमा आगामी कात्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ। 

काठमाडौंको बानेश्वर ब्यान्क्वेटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ। 

लिभिङ विथ आईसीटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ। 

काठमार्डौमा आयोजना हुने स्टार्टअप फेस्ट यस वर्षको आठौँ कार्यक्रम हो, जसमा काठमाडौंबाहिरका ४० बढी स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ सहित ५० बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन। 

फेस्टमा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन। काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढी स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किंङ्स कलेजले ३ दिनको बुटक्याम्प सञ्चालन गर्नेछ। यसैगरी विभिन्न आइटी कम्पनीमा भिजट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछन्। 

फेस्टमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन। उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। 

उत्कृष्ट ५ को छनौटको लागि उनिहरुले सोहि दिन प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागि हुनेछन। यस वाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ। वेबसाइट नेपाली स्टार्टअप डटकममार्फत स्टार्टअप तथा इन्नोभेसनलाई दर्ता गर्न सकिनेछ। अवलोकनको लागि कसैलाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ। 

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन्। त्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन्।

विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन्। 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आइसिटी प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरुको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए।

प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनौट पश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको हो। 

यसैगरी अन्य ९ विधामा अवार्डको छनौट प्रकृया जारी छ। पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डको पहिलो चरणको छनौट प्रकृया सञ्चालनमा छ। यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्डको विधामा पनि छनौट प्रक्रिया सञ्चालन भइरहेको छ। यसैवर्ष सुरु भएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको लागि विभिन्न देशका विज्ञहरुको जुरी समिती पनि गठन गरिएको छ। 

नेपालको प्रतिष्ठित यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायतको सहयोग रहेको छ। यस वर्षको अवार्ड कार्यक्रमलाई इन्फोडेभलपर्सले शिर्ष प्रायोजन गरेको छ भने जेनिसिस इन एसोसिएसन विथमा रहेको छ। अवार्डमा दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किंस कलेज, हाम्रो पात्रो लगायतको सहयोग तथा सहकार्य रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .