शाओमीले डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ। शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले व्यापारको साथसाथै समुदायप्रतिको दायित्वबारे कम्पनी सचेत रहेको बताए।
‘चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला। विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो’, उनले भने, ‘अप्ठ्यारोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ।’
शाओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसंग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएसनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए। शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।
Shares

प्रतिक्रिया