कारोबार


इन-स्पान सेन्टर अफ एक्सिलेन्सको पहिलो बोर्ड बैठक, गठन भयो नौ सदस्यीय कार्यकारी बोर्ड

इन-स्पान सेन्टर अफ एक्सिलेन्सको पहिलो बोर्ड बैठक, गठन भयो नौ सदस्यीय कार्यकारी बोर्ड

नेपालखबर
असार २६, २०८३ शुक्रबार २२:४९, काठमाडौँ

इन्डिया-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (इन-स्पान) सेन्टर अफ एक्सिलेन्स ले ९ जुलाई २०२६ मा आफ्नो पहिलो बोर्ड बैठक सम्पन्न गर्दै तदर्थ समितिलाई औपचारिक रूपमा कार्यकारी बोर्डमा रूपान्तरण गरेको छ।

 बैठकसँगै सेन्टरको संस्थागत सुशासन संरचनाको औपचारिक सुरुवात भएको छ तथा आगामी वर्षहरूका लागि प्राथमिकताहरू निर्धारण गरिएको छ।

यो पहल नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), भारतको राजदूतावास, काठमाडौं तथा आईआईटीएम प्रवर्तक, मद्रासको संयुक्त प्रयास हो। 

यसको उद्देश्य नेपाली युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहित गर्नु, स्टार्टअप तथा इन्क्युबेशनको समग्र पारिस्थितिक प्रणालीलाई अनुभव तथा बुझे अवसर प्रदान गर्नु, साथै अन्तर्राष्ट्रिय स्तरमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यासहरूबाट लाभान्वित गराउनु हो।

यस सेन्टरको अवधारणा इन-स्पान कार्यक्रमबाट विकसित भएको हो, जसअन्तर्गत उच्च सम्भावना भएका २४ नेपाली स्टार्टअपहरूलाई भारतमा दुई महिनाको सघन क्षमता अभिवृद्धि तथा स्टार्टअप इकोसिस्टम अनुभव कार्यक्रममा सहभागी गराइएको थियो। 

उक्त कार्यक्रमबाट सिर्जित सकारात्मक ऊर्जा र सहकार्यलाई दीर्घकालीन रूपमा संस्थागत गर्न नेपाल र भारतबीच स्थायी, संस्थापकद्वारा नेतृत्व गरिएको संस्थाको स्थापना गर्ने अवधारणा अघि सारिएको थियो, जसको परिणामस्वरूप आज सेन्टरको कार्यकारी बोर्ड औपचारिक रूपमा गठन भएको हो।

बैठकमा नेपालका लागि भारतको राजदूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखर, नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष सुनील के.सी., तथा नेपाल-भारत उद्योग वाणिज्य संघका निर्देशक मार्शल राठौरको उपस्थिति थियो।

बैठकले पहिलो तीन वर्षे कार्यकालका लागि नौ सदस्यीय कार्यकारी बोर्ड औपचारिक रूपमा गठन गरेको छ। नवगठित बोर्डले नेपालभर स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन भारतीय संस्थाहरू तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै सेन्टरको रणनीति, कार्यक्रम तथा साझेदारीलाई नेतृत्व प्रदान गर्नेछ।

यस्तो बन्यो कार्यकारी बोर्ड (पहिलो कार्यकाल: २०२६–२०२९)

१. असिम श्रेष्ठ, अध्यक्ष
२. प्रवीण भट्टराई - उपाध्यक्ष
३. श्रेयाँच श्रेष्ठ महासचिव
४. ऋतिक बाबु श्रेष्ठ - सह-महासचिव
५. प्रदीप गिरी - कोषाध्यक्ष
६. मोहन तामाङ - कार्यकारी सदस्य
७. विष्णु कुमार अग्रवाल - कार्यकारी सदस्य
८. निकेश सिंह - कार्यकारी सदस्य
९. सुनिल के. सी. - कार्यकारी सदस्य

बैठकमा पहिलो कार्यकालका लागि सेन्टरले प्राथमिकता दिने कार्यक्षेत्र तथा कार्यक्रमहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। आगामी तीन वर्षका लागि निग्न पाँच प्रमुख पहलहरू तय भएको छ। जसमा इन्क्युबेशन सुविधाअनुसार काठमाडौं उपत्यकामा वार्षिक २५ वटा स्टार्टअपलाई इन्क्युबेट गर्न सक्ने क्षमता भएको इन्क्युबेशन केन्द्र स्थापना गर्ने, जसले सेन्टरको प्रमुख कार्यक्रमका रूपमा कार्य गर्नेछ।

त्यस्तै संस्थापक क्षमता विकासअनुसार भारतको राजदूतावास तथा नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले देशभर मासिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरी प्रत्येक वर्ष विभिन्न विषयमा ५०० स्टार्टअप संस्थापव प्रदान गर्नेछ भने मासिक टाउन हल कार्यक्रमअन्तर्गत नेपाल तथा भारतका विज्ञ वक्ताहरूको सहभागितामा छनोट गरिएका स्टार्टअपहरूसँग मासिक टाउन हल कार्यक्रम आयोजना गरिनेछ।

यीबाहेक स्टार्टअप हेल्पलाइनअन्तर्गत स्टार्टअप सम्बन्धी कुनै पनि चुनौतीका विषयमा संस्थापकहरूले प्रत्यक्ष फोनमार्फत परामर्श लिन सक्ने समर्पित स्टार्टअप हेल्पलाइन को परीक्षणात्मक सञ्चालन गरिनेछ।

स्टार्टअप संवादअन्तर्गत नेपाल र भारतका स्टार्टअप संस्थापक, लगानीकर्ता तथा इकोसिस्टम साझेदारहरूलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ प्रत्येक दुई वर्षमा "स्टार्टअप संवाद" नामक स्टार्टअप सम्मेलन आयोजना गर्ने पनि तय भएको छ।

इन-स्पानले आफ्नो कार्ययोजनाको कार्यान्वयन जुलाई २०२६ को अन्तिम सातामा आयोजना हुने पहिलो टाउन हल कार्यक्रम बाट प्रारम्भ गर्नेछ, जुन सेन्टर औपचारिक रूपमा गठन भएपछि आयोजना हुने पहिलो सार्वजनिक कार्यक्रम हुनेछ।

सेन्टरले स्टार्टअप इकोसिस्टम विकासका लागि आईआईटीएम प्रवर्तक, मद्राससँग संस्थागत सहकार्यको घोषणा पनि गरेको छ। यस सहकार्यले प्राविधिक तथा शैक्षिक साझेदारहरूको सञ्जाललाई थप सुदृढ बनाउँदै सेन्टरका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुन्ऱ्याउनेछ।

कार्यकारी बोर्डको औपचारिक गठन तथा प्राथमिकताहरूको घोषणा इन स्पानको भारत-नेपालबीच उद्यमशीलता र नवप्रवर्तनको सहकार्यलाई अझ गहिरो बनाउने तथा नेपालमा सुदृढ, दिगो र सक्षम स्टार्टअप इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता भएको जनाइएको छ।

नेपालस्थित भारतको राजदूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले गत वर्ष तय गरिएको योजनाअनुसार एक वर्षभित्रै इन स्पान सेन्टर अफ एक्सिलेन्स औपचारिक रूपमा गठन भएकोमा खुशी व्यक्त गरे। उनले यस पहलमार्फत नेपालका युवाहरूलाई भारतको राजदूतावासले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवगठित कार्यकारी बोर्डलाई शुभकामना दिएका थिए।

निक्कीका अध्यक्ष केसीले यो पहल करिब एक वर्षअघि निक्की र भारतको राजदूतावासको संयुक्त अवधारणाबाट सुरु भएको उल्लेख गर्दै यसमार्फत नेपाली युवाहरूलाई सहयोग गर्न पाएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad