वाणिज्य बैंकहरूमा एक हप्ताको अन्तरालमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
असोज २१ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा २८ गते आइपुग्दा ४५ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको हो।
नेपाल बैंकर्स संघले आज जारी गरेको तथ्यांक अनुसार निक्षेप बढेको छ।
संघका अनुसार कर्जा प्रवाहमा भने स्थिरता देखिएको छ। एक हप्ताअघि ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा अहिले पनि सोहि अनुपातमा कर्जा प्रवाह भएको संघले बताएको छ।
तर, असोज महिना अवधिमा भने ३ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको देखिएको छ। असोज महिना सुरु हुनुभन्दा अघि वाणिज्य बैंकको कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ थियो।
15
Shares
प्रतिक्रिया