ad ad

कारोबार


ऋण लिँदा कुन बैंकमा कति ब्याजदर पर्छ?

ऋण लिँदा कुन बैंकमा कति ब्याजदर पर्छ?

दीपक भट्ट
कात्तिक २, २०७९ बुधबार २१:३९, काठमाडौँ

भदौ अन्तिममा वाणिज्य बैंकहरुले बैंकको निक्षेपको ब्याजदर बढाउने निर्णय गरे। सो अनुसार सबै बैंकहरुले असोज महिनामा ब्याजदर वृद्धि गरेका थिए।

राष्ट्र बैंकको नीति अनुसार अघिल्लो महिना जति ब्याजदर छ, त्यसको १० प्रतिशत ब्याजदर थप्न पाइन्छ। 

कुनै बैंकले निक्षेपमा १० प्रतिशत ब्याजदर दिएको थियो भने त्यसमा १ प्रतिशत वृद्धि गरेर ११ प्रतिशत कायम गर्न सक्ने छ। सो अनुसार हरेक बैंकले निक्षेप तान्नको लागि ब्याजदर वृद्धि गरेका थिए।

यसरी बैंकको ब्याजदर वृद्धि गर्दा अधिकतम १४ प्रतिशतसम्म ब्याजदर काम भएको थियो। तर कात्तिक महिनामा भने बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि नगर्ने नीति लिएका थिए। 

त्यसको बाबजुत पनि अहिले बैंकहरुको आधार दर वृद्धि हुन पुगेको छ। बढेको आधारदरमा प्रिमियम जोडेर हेर्दा अहिले अधिकांश बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदरमा वृद्धि हुन पुगेको छ। 

कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै हुन सक्छ। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारणमा विभिन्न तत्वहरु समावेश भएका हुन्छन्।

बैंकको आधार दरमा प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने गर्छ। बैंक तथा वित्तीय संस्थाहबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार दर हो।

सो आधार दरमा प्रिमियम जोडेर कर्जा दर तय गरि बैंकले कर्जाको दर सार्वजनिक गर्ने व्यवस्था छ। बैंकहरुले सार्वजनिक गरेको दर अनुसार बैंकको कर्जाको ब्याजदर बढेको पाइएको छ। 

कुन बैंकको आधार दर कस्तो छ?
सिभिल बैंकको आधार दर ११ प्रतिशत रहेको छ। प्रिमियम जोडिएर कर्जा वितरण हुँदा १८ दशमलव १५ प्रतिशत ब्याज पर्ने भएको छ। 

एनएमबी बैंकको आधार दर १० दशमलव ०२ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा अधिकतम १६ दशमलव २ प्रतिशत ब्याज पर्ने भएको छ। 

नबिल बैंकको आधार दर ८ दशमलव ७७ प्रतिशत कायम भएको छ। यस बैंकबाट कर्जा लिँदा १५ दशमलव ७७ प्रतिशत ब्याज लाग्ने भएको छ।   

बैंक अफ काठमाण्डूको आधारदर १० दशमलव २८ प्रतिशत रहेको छ। यस बैंकको कर्जा १८ दशमलव २८ प्रतिशत ब्याज कायम भएको छ। 

राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७ दशमलव ८६ प्रतिशत कायम छ। यस बैंकको कर्जा सबै भन्दा सस्तो पर्ने देखिन्छ। यो बैंकबाट कर्जा लिँदा अधिकतम १२ दशमलव ८६ प्रतिशत ब्याज लाग्ने देखिएको छ।  

ग्लोबल आईएमई बैंकको आधार दर १० दशमलव १० प्रतिशत कायम रहेको छ। जस अनुसार प्रिमियम जोडिँदा यस बैंकको अधिकतम कर्जा दर १६ दशमलव १० प्रतिशत पर्ने भएको छ। 

लक्ष्मी बैंकको आधार दर १० दशमलव ३१ प्रतिशत रहेको छ। यसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा दर १६ दशमलव ३१ प्रतिशत सम्म पर्ने भएको छ। 

कृषि विकास बैंकको आधार दर ९ दशमलव २७ प्रतिशत रहेको छ। जसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा १४ दशमलव २७ प्रतिशतसम्म पुग्ने खेखिएको छ। 

नेपाल बैंकको आधारदर ८ दशमलव ९१ प्रतिशत रहेको छ। यस बैंकको कर्जा १४ दशमलव ४१ प्रतिशत कायम हुने देखिएको छ। 

एभरेष्ट बैंकको आधार दर ९ दशमलव २५ प्रतिशत रहेकोमा यसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा १६ दशमलव २५ प्रतिशत सम्म कायम हुने भएको छ। 

एनआईसी एशिया बैंकको आधारदर १० दशमलव ३३ प्रतिशत रहेको छ। यस बैंकको कर्जा लिँदा १६ दशमलव ८३ प्रतिशतसम्म पर्ने भएको छ। 

नेपाल एसबीआई बैंकको आधारदर १० दशमलव ६ प्रतिशत रहेको छ। यसमा प्रिमियम जोडिँदा १६ दशमलव ०६ प्रतिशत हुने भएको छ। 

एनसीसी बैंकको आधारदर १० दशमलव ५२ प्रतिशत रहेको छ। यस बैंकको कर्जादर १७ दशमलव ५२ प्रतिशत पुग्ने देखिएको छ। 

कुमारी बैंकको आधारदर १० दशमलव ८७ प्रतिशत रहेको छ। यस बैंको कर्जादर अधिकतम १७ दशमलव ३७ प्रतिशत पुग्ने भएको छ। 

माछापुच्छ्रे बैंकको कर्जादर अधिकतम १७ दशमलव ८७ प्रतिशत पुग्ने भएको छ। यस बैंकको आधारदर १० दशमलव ३६ प्रतिशत रहेको छ। 

हिमालयन बैंकको आधारदर ९ दशमलव ८८ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा १५ दशमलव ८८ प्रतिशत ब्याज पर्ने भएको छ। 

स्टयान्डर्ड चार्टर्ड बैंकको आधारदर ८ दशमलव ४५ प्रतिशत रहेको छ। यस बैंकबाट अधिकतम कर्जा १५ दशमलव ९५ प्रतिशतसम्म पर्ने भएको छ। 

सनराइज बैंकको आधार दर १० दशमलव ८१ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा अधिकतम १७ दशमलव ८१ प्रतिशत कायम हुने भएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९ दशम १३ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा १६ दशमलव १३ प्रतिशत ब्याज पर्ने भएको छ। 

यस्तै, सेन्चुरी बैंकबाट कर्जा लिँदा १७ दशमलव ७५ प्रतिशत ब्याज पर्ने भएको छ।  सिटिजन्स बैंकबाट कर्जा लिँदा १६ दशमलव ५५ प्रतिशत ब्याज पर्ने भएको छ।

मेगा बैंकबाट कर्जा लिँदा १७ दशमलव४६ प्रतिशत ब्याज बयाजद पर्ने भएको छ।  

प्रभु बैंकबाट कर्जा लिँदा १६ दशमलव ६२ प्रतिशतसम्म ब्याज पर्ने भएको छ। 

प्राइम बैंकबाट कर्जा लिँदा १६ दशमलव ९८ प्रतिशत ब्याज पर्ने भएको छ। 

सानिमा बैंकबाट कर्जा लिँदा १७ दशमलव ०४ प्रतिशत ब्याज पर्ने भएको छ।

सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५ दशमलव ८५ प्रतिशत पर्ने भएको छ। 
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .