कारोबार


दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १५:५, दुबई

संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेशनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन्।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलले दुबई जेम एन्ड ज्वेलरी शोमा सहभागिता जनाएको हो।

यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उद्घाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा संसारका २८ मुलुकका ३५० भन्दा बढी व्यवसायी सहभागी भएका छन्।

तीन दिनसम्म चल्ने शोमा नेपाली व्यवसायीहरुले यस क्षेत्रमा विकसित पछिल्लो ट्रेन्डबारे बुझ्ने र यसले निकासी व्यापारमा योगदान पुग्नसक्ने संघका अध्यक्ष श्रेष्ठले बताइन्।

नेपाल जेम एन्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र यस्ता एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रियकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

‘दुबई जेम एन्ड ज्वेलरी शो भनेको व्यवसायीहरुको जमघट हुने यस क्षेत्रकै सबैभन्दा ठूलो अवसर पनि हो,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘यस्ता एक्स्पोमा क्रेता र बिक्रेताबीच भेटघाट हुने भएकाले व्यवसाय बढाउन पनि मद्दत पुग्नेछ।’

प्रदर्शनीमा नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जेम एन्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एशोसिएसन र जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गरेकी छन्।

नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनका लागि यस्तो सहमति गरिएको अध्यक्ष श्रेष्ठले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .