कारोबार


वस्तु आयात कम हुँदा १५.८८ प्रतिशतले घट्यो व्यापारघाटा

वस्तु आयात कम हुँदा १५.८८ प्रतिशतले घट्यो व्यापारघाटा

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १७:५, काठमाडौँ

बितेको ४ महिनामा नेपालको व्यापारघाटामा सुधार आएको छ। 

आयात कम हुँदा त्यसकाे सकारात्मक असर व्यापारघाटामा देखिएको हो। 

गत आर्थिक वर्षको ४ महिना र चालू आर्थिक वर्षको ४ महिनाको तुलनामा १५ दशमलव ८८ प्रतिशतले व्यापारघाटा घटेको हो। 

गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ खर्ब ६८ अर्ब रहेको व्यापार घाटा चालू आवको सोही अवधिमा ४ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ। 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा वस्तु आयात  र निर्यात दुवै घटेको छ। 

गत आर्थिक वर्षको कात्तिक महिनासम्म ६ खर्ब ५० अर्ब रुपैयाँबराबरको आयात भएकोमा यो वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँबराबरको आयात भएको छ। 

त्यस्तै वस्तु निर्यात गत आर्थिक वर्षको चार महिनामा ८२ अर्ब रुपैयाँ बराबरको भएकोमा यो वर्षको ४ महिनामा ५४ अर्ब रुपैयाँको मात्रै भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .