ad ad

कारोबार


इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १३:४२, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट बैंक  र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत भएको छ। दुवै बैंकले उक्त सम्झौता हस्तान्तरण समेत गरेको जानकारी दिएका छन्। 

दुवै बैंकको आज बसेको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम सम्झौता स्वीकृत गरेको हो।  

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ।

त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुनेछ भने मर्जरपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३/३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ। 

त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज श्रेष्ठ रहनेछिन्। बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .